बहुमतसिद्ध गर्न सुरु गरीएको हस्ताक्षरको कुनै अर्थः रामकुमारी झाँक्री
काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की युवा नेता रामकुमारी झाँक्रिले बहुमतसिद्ध गर्न सुरु भएको हस्ताक्षरको कुनै अर्थ नभएको बताएकी छन् ।
आरोप पत्यारोपका बीच प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना पक्षका सांसदको हस्ताक्षर संकलन सुरु भएको छन् ।
नेकपाकी युवा नेता तथा सांसद रामकुमारी झाँक्रीले भने अहिले सुरु भएको हस्ताक्षरको कुनै अर्थ नभएको बताएकी छन् । ‘यदि प्रधानमन्त्रीको संसदीय दलमा बहुमत छ भने संसदीय दलको बैठक बोलाएर बहुमत देखाए भैहाल्यो नि किन हस्ताक्षरको नाटक गर्नु’ उनले भनिन् ।
प्रधानमन्त्री ओलीले आफूनिकट संघीय संसदका सांसद र राष्ट्रियसभाका सांसदको हस्ताक्षर गराएका छन् आज प्रधानमन्त्रीले गराएको हस्ताक्षर अभियानको विधिविपरीत भएकाले कुनै अर्थ नभएको झाँक्रीको जिकिर छ ।
‘यदि पार्टीको नीतिअनुसार सरकार चलेन भने अर्को पक्षले हो हस्ताक्षर गर्ने’ उनले भनिन्, ‘तर, यहाँ त उल्टो भएको छ । सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीले बालुवाटार बोलाएर हस्ताक्षर गराउँदै हुनुहुन्छ । जुन विधि अनुकूल छैन ।’
उनका अनुसार प्रधानमन्त्री चुन्ने संघीय सांसदले हो राष्ट्रिय सभाले होइन । यसकारण जम्मै सांसदको हस्ताक्षर गराएर कुनै अर्थ छैन । ‘प्रधानमन्त्रीले संसद विघटन गर्दा सांसदले हस्ताक्षर गर्ने हो । यो एक चौथाइले गर्नु पर्ने हस्ताक्षर हो’ उनले भनिन्, ‘अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने अवस्था छैन । त्यसकारण अहिलेको हस्ताक्षरको कुनै अर्थ छैन ।’
उनले प्रचण्ड, नेपाल समूहले अहिलेसम्म हस्ताक्षर अभियान संचालन नगरेको बताइन् । ‘यो हल्ला हो । हामी त्यसै बहुमत छौँ । उनीहरूको ६४ जना सांसद छन् । हाम्रोमा ११० जना सांसद छौँ । अनि किन हस्ताक्षर गर्नु’ उनले भनिन् ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...