रोल्पामा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु
काठमाडौं । रोल्पामा बिहीबार साँझ बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका वडानम्बर ७ स्थित गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट भएको हो ।
बम विस्फोटबाट मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।
बाख्रा चराउन गएका बेला उनीहरुले बम फेला पारेर चलाउँदा विस्फोट भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ। उनका अनुसार टु इञ्च मोटरमा प्रयोग हुने जस्तो बम विस्फोट भएको हो । एकै ठाउँमा दुई वटा रहेको र अर्को विष्फोट भएको छैन । यसबारे थप बुझ्न प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ४ जनामात्रै रहेको र उनीहरु चारै जनाको मृत्यु हुन पुगेको हो ।
घटनाबारे प्रहरी टोली पुगेर अनुसन्धान गरेपछि थप जानकारी आउने डीएसपी गुरुङको भनाइ छ
Comments
अरु समाचार
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
बर्दियामा गैंडाको आक्रमणबाट एकजना मृत्यु
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका–६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ। एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
मार्ग प्रशस्त गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ। बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...