ताजा समाचार

रोल्पामा बम विस्फोट, ४ जना बालबालिकाको मृत्यु

काठमाडौं । रोल्पामा बिहीबार साँझ बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडानम्बर ७ स्थित गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट भएको हो ।

बम विस्फोटबाट मृत्यु हुनेमा १४ वर्षीय लोतीराम डाँगी, ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री र १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले जानकारी दिए ।

बाख्रा चराउन गएका बेला उनीहरुले बम फेला पारेर चलाउँदा विस्फोट भएको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ।  उनका अनुसार टु इञ्च मोटरमा प्रयोग हुने जस्तो बम विस्फोट भएको हो । एकै ठाउँमा दुई वटा रहेको र अर्को विष्फोट भएको छैन । यसबारे थप बुझ्न प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ४ जनामात्रै रहेको र उनीहरु चारै जनाको मृत्यु हुन पुगेको हो ।

घटनाबारे प्रहरी टोली पुगेर अनुसन्धान गरेपछि थप जानकारी आउने डीएसपी गुरुङको भनाइ छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org