ताजा समाचार

बालुवाटारमा ओली-प्रचण्डबीच भेट, स्थायी कमिटीका एजेन्डामाथि छलफल हुँदै

काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच साेमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको छ । भेट अहिले पनि जारी छ ।

शनिबारको सचिवालय बैठकले पार्टीको अन्तरकलहको अस्थायी समाधान निकालेपछि दुई अध्यक्षबीचको यो पहिलो भेटवार्ता हो । सचिवालय बैठकले पार्टीलाई एकताबद्ध राख्ने, विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने सहमति गरेको थियो ।

यसका लागि २४ बैशाखमा पुन: सचिवालय र २५ बैशाखमा स्थायी कमिटी बैठक बोलाइएको छ । दुई नेताबीच स्थायी कमिटी बैठकका एजेन्डा तय र शक्ति बाँडफाँडका विषयमा छलफल गर्न भेट भएको हो ।

आइतबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो । पार्टीको मार्गनिर्देशन, नीति–निर्देशनमा सरकार सञ्चालन गर्ने सचिवालयको निर्णय छ । यसबाहेक उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाका लागि उम्मेद्वार बनाउने नेकपाकाे निर्णय छ ।

स्थायी कमिटी बैठक अगाडि यी विषयमा पनि ठोस सहमति बनाउने र स्थायी कमिटीमा अनुमोदन गराउने शीर्ष नेताहरुको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org