भारतको अर्थतन्त्र सन्तुलन गर्ने नयाँ उपाय, १२ घण्टायता कर्नाटकमा ४५ करोडको मदिरा बिक्रि
एजेन्सि । भारतीय सरकारद्वारा मदिरा पसल खोल्ने निर्णय पश्चात पछिल्लो १२ घण्टामै कर्नाटक राज्यमा ४५ करोड बराबर मदिरा बिक्रि भएको छ ।
हिजोदेखि नै दिल्लीसहित अधिकांश क्षेत्रमा मदिरा पसलमा ग्राहकको ठूलो लाइन लागेको छ।
सोमबार साँझदेखि दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना विशेष कर लगाइदिएको छ। मूल्य बढ्दा पनि ग्राहकको चाप कति नघेटेको अधिकारीहरुले जनाएका छन्। राजश्को ठूलो हिस्सा गुम्न सक्ने भन्दै अर्थविद्हरुले सरकारलाई मदिरा पसल खुला गर्न सुझाव दिएपछि सरकारले हिजोदेखि मदिरा पसलहरु खोल्ने अनुमति दिएको हो।
ठूला डिपार्टमेन्टल स्टोरहरु भने खोल्न दिइएको छैन। यसैबीच दिल्ली सरकारले पेट्रोलमा ३ प्रतिशत कर बढाएको छ। यसअघि २७ प्रतिशत कर लगाउने गरिएकोमा आजदेखि लागू हुने गरी ३० प्रतिशत कर लगाइएको हो। त्यस्तै डिजेलको कर १६.७५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्याइएको छ।
मदिरा पसल खुलेको १२ घण्टा भित्र ४ लाख लिटर बीयर , ८ लाख लिटर सामान्य मदिरा बिक्रि भएको जनाइएको छ । कोरोनाको संक्रमणमा रोक लगाउन भारतीय सरकारद्वारा जारी महिनौदेखिको लकडाउनमा मदिरा सेवन गर्ने व्यतिहरुको लागि उत्साह सिर्जाना छ ।
लकडाउनका कारण सम्पूर्ण कार्य ठप्प रहँदा भारतीय अर्थतन्त्र व्यापक मात्रमा प्रभावित भएको थियो । मदिरा बिक्रिले अर्थतन्त्रमा सुधार आउने समेत कतिपयले आकलन लगाएको छ ।
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...