ताजा समाचार

भारतको अर्थतन्त्र सन्तुलन गर्ने नयाँ उपाय, १२ घण्टायता कर्नाटकमा ४५ करोडको मदिरा बिक्रि

एजेन्सि । भारतीय सरकारद्वारा मदिरा पसल खोल्ने निर्णय पश्चात पछिल्लो १२ घण्टामै कर्नाटक राज्यमा ४५ करोड बराबर मदिरा बिक्रि भएको छ ।

हिजोदेखि नै दिल्लीसहित अधिकांश क्षेत्रमा मदिरा पसलमा ग्राहकको ठूलो लाइन लागेको छ।

सोमबार साँझदेखि दिल्ली सरकारले मदिरामा ७० प्रतिशत कोरोना विशेष कर लगाइदिएको छ। मूल्य बढ्दा पनि ग्राहकको चाप कति नघेटेको अधिकारीहरुले जनाएका छन्। राजश्‍को ठूलो हिस्सा गुम्‍न सक्ने भन्दै अर्थविद्हरुले सरकारलाई मदिरा पसल खुला गर्न सुझाव दिएपछि सरकारले हिजोदेखि मदिरा पसलहरु खोल्ने अनुमति दिएको हो।

ठूला डिपार्टमेन्टल स्टोरहरु भने खोल्न दिइएको छैन। यसैबीच दिल्ली सरकारले पेट्रोलमा ३ प्रतिशत कर बढाएको छ। यसअघि २७ प्रतिशत कर लगाउने गरिएकोमा आजदेखि लागू हुने गरी ३० प्रतिशत कर लगाइएको हो।  त्यस्तै डिजेलको कर १६.७५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याइएको छ।

मदिरा पसल खुलेको १२ घण्टा भित्र ४ लाख लिटर बीयर , ८ लाख लिटर सामान्य मदिरा बिक्रि भएको जनाइएको छ । कोरोनाको संक्रमणमा रोक लगाउन भारतीय सरकारद्वारा जारी महिनौदेखिको लकडाउनमा मदिरा सेवन गर्ने व्यतिहरुको लागि उत्साह सिर्जाना छ ।
लकडाउनका कारण सम्पूर्ण कार्य ठप्प रहँदा भारतीय अर्थतन्त्र व्यापक मात्रमा प्रभावित भएको थियो । मदिरा बिक्रिले अर्थतन्त्रमा सुधार आउने समेत कतिपयले आकलन लगाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org