ताजा समाचार

नेकपा स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं’ महासचिव विष्णु पौडेलले भने, ‘भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org