ताजा समाचार

माइतीघरमा ओली र मोदीको पुत्ला जलाइयो

काठमाडाैँ । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा युवाहरुले काठमाडौंमा दुवै देशका प्रधानमन्त्रीको पुत्ला जलाएका छन्।

सोमबार दिउँसो काठमाडौँको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको पुत्ला जलाएका हुन्।

दार्चुलाको लिपुलेकमा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि केही दिनदेखि राजधानीमा विरोध प्रदर्शन भइरहेको छ।

शनिबार बानेश्वरमा र आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। विरोध गर्ने २५ जना आइतबार माइतीघर, थापाथली र बानेश्वरबाट पक्राउ परेका थिए। त्यसअघि शनिबार पनि बानेश्वरबाट ३० जनालाई प्रहरीले पक्राउ गरेको थियो।

सोमबार पनि विरोध प्रदर्शन गर्ने केहीलाई प्रहरीले गिरफ्तार गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org