ताजा समाचार

बागलुङको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखियो

काठमाडाैँ । हालैमात्र भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

बडीगाड गाउँपालिकाको एक विद्यालयको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको अर्को विद्यालयको क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले कोरोना संक्रमणको पुष्टि गर्दै केहीबेरमा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने बताए । संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । बागलुङमा पछिल्लो समय करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org