ताजा समाचार

एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन : ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन, राष्ट्रघाती सम्झौता खारेज गर’

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न दल निकटका भातृ संगठनले माइतीघरमा छुट्टाछुट्‍टै प्रदर्शन गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनले पनि माइतीघरमा प्रदर्शन गरेको छ ।

नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि बुधबार नै माइतीघरमा प्रदर्शन गरेको थियो ।

सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ । बुधबार माइतीघरमा प्रदर्शनकारीले एमसीसीलाई अस्वीकार गर्नुपर्ने बताएका छन् ।

हेर्नुहोस् तस्वीरहरु 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org