सीमा विवादबारे भारत र चीनबीच आज वार्ता, विश्वकै चासाे
एजेन्सि । भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा भइरहेको विवादबारे आज (शनिबार) महत्वपूर्ण वार्ता हुँदै छ।
दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच लद्दाखमै वार्ता हुने भएको हो।
बीबीसी हिन्दीका अनुसार दुई देशबीच यो स्तरमा पहिलोपटक वार्ता हुन लागेको हाे। पहिलो चरणकाे बैठक भारत र चीनबीच वास्तविक नियन्त्रण रेखाको छेउ चुसुल-मोल्दोमा अवस्थित भारतीय सीमा पोइन्टमा हुनेछ।
भारतका तर्फबाट भारतीय सेनाको १४ औं बाहिनीका कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले वार्तामा नेतृत्व गर्नेछन्।
एक महिनायता दुई देशबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा ( लाइन अफ एक्चुअल कन्ट्रोल) मा विवाद भइरहेको छ। त्यसपछि दुवै देशले सीमा क्षेत्रमा सैनिक बल बढाएका छन्।
विवाद समाधानका लागि दुई देशबीच आज हुन लागेकाे वार्तालाई विश्व समुदायले नै चासोपूर्वक हेरिरहेका छन्।
याे विवाद कति गम्भीर हाे भन्ने कुरा पहिलाेपटक दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच सीमामै हुन लागेकाे वार्ताले प्रस्ट पारेकाे भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन्।
वास्तविक नियन्त्रण रेखामा चिनियाँ सेनाले अतिक्रमण गरिरहेकाे भारतीय सेनाकाे आराेप छ। केही महिनाअघि दुई देशका सेनाबीच धक्कामुक्की पनि परेकाे थियाे।
भारतले लद्दाखमा पूर्वाधार विकास तीव्र पारेपछि चीनले त्यहाँ सैन्य उपस्थिति बढाएको हो। सिक्किम, उत्तराखण्ड र लद्दाखमा भारत र चीनबीच विवाद छ। विवाद चर्किँदै जाँदा युद्धको खतरासमेत भएको थियो।
यही समस्या समाधान गर्न दुवै देशबीच आज सैन्य तहमा वार्ता हुन लागेको हो।
यसअघि भारत र चीनबीच सीमा विवाद समाधानका लागि १० पटक वार्ता भइसकेको छ। तर विवाद समाधान हुन सकेकाे छैन।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा...
-
कक्षा ११ र १२ का झन्डै १४ लाख विद्यार्थीलाई मौका परीक्षा
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा नियमित सामेल नभएका तथा अनुत्तीर्ण विद्यार्थीका लागि मौका परीक्षा...
-
१९ वर्षमुनी महिला टी–२० विश्वकप एशिया छनोट: आज नेपाल र थाइल्याण्ड खेल्दै
काठमाण्डौ । युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ ।...
-
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण...
-
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
काठमाडौँ : तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत...
-
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते...
-
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
काठमाडौं । देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति...
-
माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा...
-
आज विश्व स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं । आज विश्व स्वतन्त्रता दिवस । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । यो दिवस स्वतन्त्रता र...