एमसिसीबारे परराष्ट्रमन्त्री : केही मान्छेलाई मनको बाघले तर्साउँदैछ
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसनलाई लिएर नेपाल केही मानिसलाई मनको बाघले खाइरहेको बताएका छन्।
विनियोजन विधेयक अन्तर्गत आफ्नो मन्त्रालयबारे उठेका प्रश्नबारे मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘एमसिसी बारे नेपालका केही व्यक्तिलाई मनको बाघले तर्साइरहेको छ,’ उनले भने, ‘वनको बाघले खाओस् नखाओस् मनको बाघले खाने गरी एमसिसीबारे अनावश्यक बहसमा नजाऊँ।’ उनले मित्र राष्ट्रसँग विकास साझेदारी गर्दा नेपाल कुनै पनि सैन्य रणनीतिमा साझेदार नहुने स्पष्ट पारे। ‘विकास साझेदारीका क्रममा कुनै पनि देशसँग सैन्य साझेदारी हुँदैन।
नेपाल कुनै पनि देश वा संस्थासँग सैन्य साझेदारी गर्ने पक्षमा पनि छैन’, उनले भने, ‘भविष्यमा पनि सैन्य साझेदारी हुने गरी विकास सहायता लिइँदैन।’
‘आफ्नो हितमा बोल्नु अरुको अहित गर्नु होइन’
परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल सानो छ भनेर लघुताभाष पालेर बस्नुपर्ने अवस्था नरहेको पनि बताएका छन्। ‘नेपाल सानो छ, अविकसित छ, कमजोर छ भनेर गरिने लघुताभाष अब पालिरहनु जरुरी छैन’, उनले भने, ‘अब त्यो बदलिएको छ। अब हाम्रो हितका कुरा राख्नलाई कोहीसँग डराएर खुम्चिनु पर्दैन। हामीले आफ्नो राष्ट्रहितको पक्षमा बोल्नु कसैको अहित गर्नु होइन।’ मन्त्री ज्ञवालीले नेपाल अब भूपरिवेष्ठितबाट भूजडित देश भएको बताए।
‘नेपाल अब भूजडित देश भइसकेको छ’, उनले अगाडि थपे, ‘अब नेपालले कहिल्यै नाकाबन्दी भोग्नुपर्दैन। हाम्रा सम्बन्धहरु फैलिइरहेका छन्।’ परराष्ट्र नीति संवेदनशील विषय भएको बताउँदै ज्ञवालीले कसैले बोल्दा धेरै पटक सोच्नुपर्नेमा जोड दिए। उनले विदेशस्थित राजदूतावास हटाउनुपर्ने सांसदहरुको मागमा असहमति जनाए । ‘संसार पुग्न पखेटा पनि चाहिएला नि, काठमाडौं खाल्डोमा मात्रै सीमित भएर त नहोला’, उनले भने, ‘ती राजदूतावास भनेका हाम्रा पखेंटा हुन्, तिनैका कारण हामी विश्वभर पुगेका छौँ। तिनलाई खारेज गर्ने विरोधाभाषपूर्ण कुरा नगरौँ।’
Comments
अरु समाचार
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...
-
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको...
-
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै...