निगम र हिमालयका ८ वटा जहाजले विदेशबाट नेपाली ल्याउने
काठमाडौँ । विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका ८ वटा जहाजलाई पठाउने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार, बुधबार अन्तिम निर्णय हुँदैछ ।
‘निगम र हिमालयका जहाज पठाउने सैद्धान्तिक सहमति भइसकेको छ,’ मन्त्री भट्टराईले कान्तिपुरससँग भने, ‘आज यसबारे पर्यटन र परराष्ट्र मन्त्रालयले टुंग्याउने छ ।’
नेपाल वायुसेवा निगमसँग २ सय ७४ सिट क्षमताका दुई वटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुई वटा न्यारोबडी विमान छन् । हिमालय एयरलायन्ससँग १ सय २८ सिट क्षमताको एउटा एयरबस–३१९ र १ सय ५८ सिट क्षमताका तीन वटा एयरबस–३२० गरी चार वटा न्यारोबडी जहाज छन् ।
यीबाहेक विदेशी वायु सेवाबाट पनि विदेशमा अलपत्र परेका नेपाली आउने छन् । ‘कतिपय श्रम गन्तव्यबाट कामदारका कम्पनीको खर्चमा उतैका जहाजले पनि नेपाली यात्रुलाई ल्याउन पाउने छन’, मन्त्री भट्टराइले भने ।
त्यसैगरी नेपाली विमानबाट ल्याउने यात्रुहरुले कति भाडा तिर्ने विषयमा बुधबार नै पर्यटन मन्त्रालयल, नागरिक उड्डयन प्राधिकरण, निगम र हिमालय एयरलायन्सका पदाधिकारीबीच छलफलबाट निर्णय हुने मन्त्री भट्टराइले बताए ।
नेपाल वायुसेवा निगमले काठमाडौंबाट २६ वटा गन्तव्यमा उडान गर्न सकिने जनाउँदै पर्यटन सचिव केदारबहादुर अधिकारीसमक्ष भाडासहितको सूची बुझाइसकेको छ ।
उक्त प्रस्तावमा निगमले वाइडबडी र न्यरोबडीको भाडादर फरक नहुने जनाएको छ ।
Comments
अरु समाचार
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...
-
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको...
-
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै...