ताजा समाचार

प्रधानमन्त्रीलाई १ मिनेटमा गगनका ९ प्रश्नः स्वास्थ्य सामग्रीको भ्रष्टाचारबारे छलफल गर्न तयार हुनुहुन्छ ?

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई कोरोना रोकथामा सरकार असफल भएको बताएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनपछि उनले पुरक प्रश्नहरु सोधेका छन् ।

जुन यसप्रकार छः

-सरकारले ५ वटा पिसिआर मेसिन किनेको छ, तर पाँच वटै किन चल्दैन ? 

-क्वारेन्टाइनबारे आफूले बनाएको मापदण्ड पढ्नुभएको छ ?

-हामीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ?

-नेपालमा मृत्यु भएकाहरुको उमेर र संख्याका आधारमा विश्वब्यापी रुपमा मृत्युहरु भएकाहरु अनुसार दाँजेर हेर्नुभएको छ ?

-भ्रष्टाचार र स्वास्थ्य सामग्रीको सूची राखेर संसदमा छलफल गर्न म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु, तयार हुनुहुन्छ प्रधानमन्त्रीज्यू ?

-जुन अवस्थामा भारतबाट मानिसहरु ल्याइएका छन्, ती व्यक्ति हुन् कि नेपाली नागरिक हुन् ? 

-ति नेपाली नागरिकको बारेमा चिन्ता गर्ने, ति आउँदैछन् भन्ने जानकारी राख्ने, तिनको लागि क्वारेन्टाइन राख्ने सम्माननीय प्रधानमन्त्रीको सरकारको काम हो वा हामीले गरिदिनुपर्ने ?

-आज त्यसको तयारी गरेको भए आज तिनलाई दोष दिएर बस्नुपर्थ्यो वा आज हामी एउटा पनि कोरोना संक्रमण नभएको वा कम भएकोमा न्युजिल्याण्डको प्रधानमन्त्री नाचेको जस्तो हाम्रो प्रधानमन्त्री हेर्न पाइन्थ्यो ?

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org