१० अर्बको हिसाब खोज्ने गगनलाई प्रधानमन्त्रीको जवाफ : हिसाबको हैन कोरोनाका चिन्ता गरौँ
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सबैको चिन्ता र चिन्तन कोरोनामा केन्द्रित गर्ने बेला भएको बताएका छन्।
बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताए।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापा लगायतका सांसदहरुले कोरोना रोकथामका नाममा भएको १० अर्ब खर्चको एक एक गरेर हिसाब बुझाउनु पर्ने भन्दै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले कोरोनाका नाममा भएको खर्चमा अनियमितता पाइए कडा कारबाही गर्ने बताए।
‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुराहरू सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ’, उनले भने, ‘कठघरामा उभ्याइन्छ। दोषी पाइएमा दण्डित गरिन्छ।’
समस्या चौतर्फी रुपमा आक्रमण गरेर एकैपटक आइपुगेपछि सरकारले केही गर्दा पनि केही नसकेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले अहिले हिसाबको भन्दा पनि कोरोनाको चिन्ता गर्ने बेला भएको बताए। उनले सरकारको हिसाबकिताबको अन्तरिक लेखापरीक्षण हुने भन्दै माहामारीका बेला अनियमितता गर्नेलाई नछाड्ने बताए।
‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्मा आउँछ । आन्तरिक लेखा परीक्षण हुन्छ। अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं’ प्रधानमन्त्री ओलीले भने, ‘कहीँकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ।’
महामारीको बेला पनि कोही भ्रष्टाचारमा संलग्न भएको भने त्यसलाई नछाड्ने र कठघरमा उभ्याएरै छाड्ने उनले प्रतिवद्धता गरे।
Comments
अरु समाचार
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...