ताजा समाचार

गण्डकी प्रदेशका चार जिल्लामा थपिए ३७ जना कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ।

योसँगै प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ।  गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार सबै भन्दा धेरै स्याङ्जाका रहेका छन्। स्याङ्जाका २२ जना मध्ये वालिङ नगरपालिकाका २ जना, गल्याङ नगरपालिकाका १८ जना अर्जुनचौपारि गाउँपालिकाका एक जना र एक जनाको ठेगाना खुलेको छैन्।

त्यस्तै पर्वतमा थप १३ जा थपिएका छन्। उनिहरु कुश्मा नगरपालिकाका १० जना पैयु गाउपालिकाका एक जना बिहादी गाउँपालिकाका एक जना र एक जनाको ठेगाना नखुलेको निर्देशनालयले जनाएको छ। त्यस्तै तनहुँका एक जना र नवलपरासी पूर्वका एक जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद बिन्दु शर्माले जनाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org