संविधान संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदै
काठमाडौं। प्रतिनिधि सभाबाट आज नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित हुँदै छ।
आज दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ। सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।
सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ। जनता समाजवादी समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी छन्। त्यो संशोधन विधेयकको मूल मर्म नै खारेजीमा केन्द्रीत छ। गिरिले राष्ट्रहित विपरितको संशोधन दर्ता गरेपछि सर्वत्र विरोध भैरहेको छ।
संविधान संशोधनका पक्षमा विपक्षी पनि एकै ठाउँमा उभिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ। त्यस्तै अर्को दल समाजवादी जनतापार्टीले पनि संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निदेर्शन दिएको छ।
Comments
अरु समाचार
-
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
काठमाडौं । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल...
-
जलवायु परिवर्तनका चुनौती समाधानमा सबै जुट्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने...
-
चितवन राष्ट्रिय निकुञ्जमा हवाई फायर गरी खाग तस्कर पक्राउ
काठमाडौं । हवाई फायर गरेर मकवानपुरबाट गैँडाको खाग तस्करलाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जकाख सेनाको टोलीले ५ राउन्ड...
-
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
काठमाडौं । ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्यूट...
-
सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु
काठमाडौं । सिरियाको एक युद्ध पर्यवेक्षकले बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर अल–असदको नेतृत्वमा एक अधिकारीलाई पक्राउ गर्न...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ...
-
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
काठमाडौं । संखुवासभा जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि...
-
फागुन १५ मा स्ववियु निर्वाचन, त्रिविले थाल्यो तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु परिषद्को बैठकले फागुन १५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ। त्रिविका...
-
त्रिविको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय विद्यार्थी सहभागी हुने
काठमाडौं । नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा १४ हजार ३०० विद्यार्थी सहभागी हुने...