अब निजी ल्याबमा पनि पिसिआर परीक्षण, खर्च सरकारको
काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाउँदै लगेको छ।
अब सरकारीसँगै निजी ल्याबमा पनि पिसिआर परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी ल्याबमा पनि पिसिआर परीक्षणको अनुमति दिएको हो। आइतवार भएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन्।
गौतमका अनुसार आवश्यक मापदण्ड पूरा गरेका निजी स्वास्थ्य संस्थाका ल्याबमा पनि अब कोरोना परीक्षण हुने छ। निजी ल्याबमा पिसिआर परीक्षण गर्दा लाग्ने खर्च पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गर्ने जानकारी डा. गौतमले दिएका छन।
निरोगिताका लागि तीन ल्याब गौतमले भिसा तथा निरोगिताको प्रमाणपत्र लिनुपरेमा पिसिआर परीक्षण गराउन वीर अस्पताल, पाटन र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालालाई तोकिएको जानकारी दिएका छन्। काठमाडौंसहित देशका विभिन्न भागमा पिसिआर परीक्षणको दायरा बढाउन मागसहित आन्दोलन नै भएका थिए। सरकारले आरडिटी मात्रै गराएको आरोप लागिरहेका बेला यस्तो निर्णय आएको हो। देशका केही निजी स्वास्थ्य संस्थाहरुले कोरोना परीक्षण गर्न सक्षम रहेको बताइरहेका थिए।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...