ताजा समाचार

अब निजी ल्याबमा पनि पिसिआर परीक्षण, खर्च सरकारको

काठमाडौं । सरकारले कोरोना परीक्षणको दायरा बढाउँदै लगेको छ।

अब सरकारीसँगै निजी ल्याबमा पनि पिसिआर परीक्षण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी ल्याबमा पनि पिसिआर परीक्षणको अनुमति दिएको हो। आइतवार भएको नियमित प्रेस ब्रिफिङमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन्।

गौतमका अनुसार आवश्यक मापदण्ड पूरा गरेका निजी स्वास्थ्य संस्थाका ल्याबमा पनि अब कोरोना परीक्षण हुने छ। निजी ल्याबमा पिसिआर परीक्षण गर्दा लाग्‍ने खर्च पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गर्ने जानकारी डा. गौतमले दिएका छन।

निरोगिताका लागि तीन ल्याब गौतमले भिसा तथा निरोगिताको प्रमाणपत्र लिनुपरेमा पिसिआर परीक्षण गराउन वीर अस्पताल, पाटन र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालालाई तोकिएको जानकारी दिएका छन्।  काठमाडौंसहित देशका विभिन्‍न भागमा पिसिआर परीक्षणको दायरा बढाउन मागसहित आन्दोलन नै भएका थिए। सरकारले आरडिटी मात्रै गराएको आरोप लागिरहेका बेला यस्तो निर्णय आएको हो। देशका केही निजी स्वास्थ्य संस्थाहरुले कोरोना परीक्षण गर्न सक्षम रहेको बताइरहेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org