नागरिकता विधेयक : हिजो कांग्रेसले समय माग्यो आज सरकारले
काठमाडौं- नागरिकता विधेयकमाथि जारी रहेको विवाद अन्त्य गर्नका लागि गृहमन्त्री रामबहादुर थापा बादलले थप समय माग गरेका छन्।
संसदको राज्य व्यवस्था समितिमा भइरहेको छलफलमा बोल्दै गृहमन्त्री थापाले नागरिकता विवादमा राजनीतिक र सरकारलाई थप छलफल गर्नुपर्ने अवस्था आएकाले थप समय मागेका हुन्।
समितिले मंगलबारदेखि यो विधेयकलाई टुङ्गोमा पुर्याउने भन्दै छलफल चलाइरहेको छ। बुधबारमात्र नेपाली काग्रेसले अन्तरिम संविधानको व्यवस्था नै कायम हुनुपर्ने निर्णय गरेको थियो।
समितिमा अङ्गिकृतहरूलाई सात वर्षको अवधी राख्दै नागरिकता दिनुपर्ने व्यवस्था प्रस्ताव भएको थियो। यो व्यवस्थामा नेकपाका अधिकांश सांसद भएपनि नेपाली कांग्रेसले असहमती जनाउँदै आएको छ। नागरिकता गम्भीर विषय भएकाले थप समय लाग्ने भन्दै थापाले केही समय दिन माग गरेका हुन्।
बुधबार मतदानबाटै भएपछि टुङ्गोमा पुर्याउने तयारीमा समिति भएको समयमा सरकारका तर्फबाट समय माग भएको हो। मंगलबार नेपाली कांग्रेसले यस विषयमा निर्णय गर्न समय माग गरेको थियो।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...