ताजा समाचार

नागरिकता विधेयक : हिजो कांग्रेसले समय माग्यो आज सरकारले

काठमाडौं- नागरिकता विधेयकमाथि जारी रहेको विवाद अन्त्य गर्नका लागि गृहमन्त्री रामबहादुर थापा बादलले थप समय माग गरेका छन्।

संसदको राज्य व्यवस्था समितिमा भइरहेको छलफलमा बोल्दै गृहमन्त्री थापाले नागरिकता  विवादमा राजनीतिक र सरकारलाई थप छलफल गर्नुपर्ने अवस्था आएकाले थप समय मागेका हुन्।

समितिले मंगलबारदेखि यो विधेयकलाई टुङ्गोमा पुर्‍याउने भन्दै छलफल चलाइरहेको छ। बुधबारमात्र नेपाली काग्रेसले अन्तरिम संविधानको व्यवस्था नै कायम हुनुपर्ने निर्णय गरेको थियो।

समितिमा अङ्गिकृतहरूलाई सात वर्षको अवधी राख्दै नागरिकता दिनुपर्ने व्यवस्था प्रस्ताव भएको थियो। यो व्यवस्थामा नेकपाका अधिकांश सांसद भएपनि नेपाली कांग्रेसले असहमती जनाउँदै आएको छ। नागरिकता गम्भीर विषय भएकाले थप समय लाग्ने भन्दै थापाले केही समय दिन माग गरेका हुन्।

बुधबार मतदानबाटै भएपछि टुङ्गोमा पुर्‍याउने तयारीमा समिति भएको समयमा सरकारका तर्फबाट समय माग भएको हो। मंगलबार नेपाली कांग्रेसले यस विषयमा निर्णय गर्न समय माग गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org