नेपालले चीन र भारतलाई भन्यो : सिमानाको तनाव शान्तिपूर्ण ढंगले सुल्झाउनू
काठमाडौं । नेपालले लद्दाखस्थित गलवान उपत्यकामा २० सैनिक मारिने गरी भएको चीन-भारत हिंसाबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ।
घटनाको पाँच दिनपछि परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा भएको हिंसापछि दुई निकट छिमेकी चीन-भारतबीच उत्पन्न तनावलाई शान्तिपूर्ण माध्यमबाट सुल्झाउन नेपालले आग्रह गरेको हो। नेपालले गलवान उपत्यकामा करिब ५५ वर्षपछि भएको रक्तपातपूर्ण झडपपछिको अवस्थालाई नजिकबाट नियालिरहेको जनाउँदै दुवै देश अहिलेका समस्या समाधानमा सक्षम रहेको पनि जनाएको छ। ‘हाम्रा दुई छिमेकी भारत र चीनबीचको तनावलाई शान्तिपूर्ण माध्यमबाट सुल्झाउनु पर्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘गलवान क्षेत्रमा उब्जिएका समस्या समाधान गर्न दुवै छिमेकी सक्षम छन्।
‘ नेपालले असल छिमेकीको भावना देखाएर चीन र भारत अगाडि बढ्नुपर्ने बताएको छ। ‘असल छिमेकीको भावनाका आधारमा आपसी मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र विश्व शान्तिको पक्षमा शान्तिपूर्ण माध्यमबाट अहिलेको विवाद समाधान गर्नेछन्’, परराष्ट्रले भनेको छद, ‘नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा छ। दुवै छिमेकीले अहिलेको समस्या पनि शान्तिकै माध्यमबाट समाधान गर्ने विश्वास लिएका छौं।’ गत असार १ गते राति लद्दाखस्थित भारत-चीन सीमा क्षेत्रको गलवान उपत्यका दुई देशका सेनाबीच भएको हिंसक झडपमा भारतीय सेनाका एकजना कर्नेलसहित २० जना मारिएका थिए।
त्यसक्रममा चिनियाँ सेनाले भारतीय सेनाका दुई अधिकृतसहित १० जनालाई नियन्त्रणमा लिएको थियो। यो घटनापछि दुई देशबीच तिक्तता चुलिएको छ। भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलिरहेको छ। अर्कातिर चीनले भने भारतकै कारण यो घटना हुन पुगेको दाबी गरिरहेको छ।
Comments
अरु समाचार
-
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध...
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
काठमाडौं । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ।...
-
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा...
-
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण...
-
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते...
-
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको...
-
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा...
-
गाजामा पाँच लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइयो
काठमाडौं । जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ । अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई...