ताजा समाचार

६२९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १० हजार ७२८ पुग्‍यो

काठमाडौं । नोभेल कोरोना भाइरसका  संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२९ संक्रमित थपिएका हुन् ।

हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित गत बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने शनिबार ३३१ संक्रमित थपिएका थिए । आइतबार ४२१, सोमबार ५३५ र मंगलबार कोरोना संक्रमित थपिएका थिए ।

देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।  कुल कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ३३८ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ११४  डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १०६ पुरुष रहेका छन् ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७८ हजार ६३९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ३६६ कोरोना संक्रमितहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org