ताजा समाचार

मलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाने तयारी छ, त्यसको सूचना मसँग छ : प्रधानमन्त्री

पार्टी एकता जटिल मोडमा पुग्यो अब जेसुकै हुनसक्छ, कित्ता क्लिएर गर्नुहोस्ः ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र पार्टी जोगिन्छ भने मात्रै राजीनामा दिने बताएका छन् ।

शनिबार बेलुका मन्त्री र राज्यमन्त्रीलाई बोलाएर नयाँ नक्सा जारी गरेपछि देशी तथा विदेशी प्रतिक्रयावादी सक्रिए भएकोले अहिल्यै राजीनामा नदिने बताएका हुन् ।

उनले छलफलका क्रममा आफूलाई दुवै पदबाट हटाए राष्ट्रपतिलाई महाअभियोग लगाउन तयारी भइरहेको बताएको छलफलमा सहभागी श्रम मन्त्री रामेश्वर राय यादवले बताए । उनले आफूलाई विश्वास गर्न सक्ने मन्त्री आफूतर्फ आउने र अरूतर्फका मन्त्री जान सक्ने पनि बताए । प्रधानमन्त्रीले पार्टी एकता जटिल मोडमा पुगेको र अब जेसुकै हुनसक्छ समेत बताएको उनको भनाइ थियो ।

‘नक्सा जारी भएपछि देशी विदेशी प्रतिक्रियावादी सक्रिए भएका छन् । मलाई दुवै पदबाट हटाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भइरहेको छ । त्यसको सूचना मसँग छ । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री यादवले भने ‘म यसको पक्ष छैन । यसविरुद्ध डटेर लाग्छु ।’

छलफलका क्रममा मन्त्रीहरूले पार्टी एकता जोगाउनलाई केही लचकता अपनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्री र राज्यमन्त्रीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजनीतिक अवस्थाबारे जानकारी गराउने तथा परामर्श लिएका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले आजै साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । पार्टीका शीर्षस्थ नेताहरूले पार्टी र सरकार राम्रोसँग संचालन गर्न नसकेको भन्दै राजीनामा माग गरेपछि प्रधानमन्त्रीको राष्ट्रपतिसँग भेटवार्ता बाक्लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org