मलाई हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाने तयारी छ, त्यसको सूचना मसँग छ : प्रधानमन्त्री
पार्टी एकता जटिल मोडमा पुग्यो अब जेसुकै हुनसक्छ, कित्ता क्लिएर गर्नुहोस्ः ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र पार्टी जोगिन्छ भने मात्रै राजीनामा दिने बताएका छन् ।
शनिबार बेलुका मन्त्री र राज्यमन्त्रीलाई बोलाएर नयाँ नक्सा जारी गरेपछि देशी तथा विदेशी प्रतिक्रयावादी सक्रिए भएकोले अहिल्यै राजीनामा नदिने बताएका हुन् ।
उनले छलफलका क्रममा आफूलाई दुवै पदबाट हटाए राष्ट्रपतिलाई महाअभियोग लगाउन तयारी भइरहेको बताएको छलफलमा सहभागी श्रम मन्त्री रामेश्वर राय यादवले बताए । उनले आफूलाई विश्वास गर्न सक्ने मन्त्री आफूतर्फ आउने र अरूतर्फका मन्त्री जान सक्ने पनि बताए । प्रधानमन्त्रीले पार्टी एकता जटिल मोडमा पुगेको र अब जेसुकै हुनसक्छ समेत बताएको उनको भनाइ थियो ।
‘नक्सा जारी भएपछि देशी विदेशी प्रतिक्रियावादी सक्रिए भएका छन् । मलाई दुवै पदबाट हटाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भइरहेको छ । त्यसको सूचना मसँग छ । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री यादवले भने ‘म यसको पक्ष छैन । यसविरुद्ध डटेर लाग्छु ।’
छलफलका क्रममा मन्त्रीहरूले पार्टी एकता जोगाउनलाई केही लचकता अपनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्री र राज्यमन्त्रीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर राजनीतिक अवस्थाबारे जानकारी गराउने तथा परामर्श लिएका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले आजै साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए । पार्टीका शीर्षस्थ नेताहरूले पार्टी र सरकार राम्रोसँग संचालन गर्न नसकेको भन्दै राजीनामा माग गरेपछि प्रधानमन्त्रीको राष्ट्रपतिसँग भेटवार्ता बाक्लिएको छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...