ताजा समाचार

मेलम्ची उद्घाटनको मिति अब टाढा छैन- मन्त्री मगर

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना उद्घाटनको मिति नजिकै आएको बताएकी छिन ।

आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री मगरले आयोजनाको काम अन्तिम चरणमा पुगेकोले काठमाडौबासीले छिट्टै मेलम्चीको पानी पिउन पाउने बताइन् ।

आजदेखी सुरुङ्गमा पानी पठाइएर परिक्षण गर्न लागिएको र आयोजनाको ९७ प्रतिशत काम सकिएको जानकारी दिइएको छ ।  सुरुमा प्राविधिक मापदण्ड अनुसार प्रती सेकेन्ड २ सय ६० लिटरका दरले सुरुङ्गमा पानी पठाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org