ताजा समाचार

नवनियुक्त आइजिपी थापाले सम्हाले कार्यभार

काठमाडाैँ । नेपाल प्रहरीका आइजिपी शैलेश थापा क्षेत्रीले कार्यभार सम्हालेका छन्।

एआइजी रहेका क्षेत्रीलाई मन्त्रिपरिषद् बैठकले आइजिपीमा बढुवा गरेको थियो। क्षेत्रीलाई बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह लगाइदिएका थिए।

आइजिपी क्षेत्रीले बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्। उनी अब २२ महिना आइजिपी पदमा रहनेछन्।

आजै यसअघिका आइजिपी ठाकुरप्रसाद ज्ञवाली बिदाइ हुँदैछन्। उनी गत माघमा आइजिपी भएका थिए। उनको कार्यकाल पाँच महिनामात्रै रह्यो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org