ताजा समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड भासियो

काठमाडाैँ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ ।

अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको हो ।

अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org