मयूर यातायातले काठमाडौंमा थाल्यो सेवा
काठमाडौं । मयूर यातायातले काठमाडौंमा यात्रु सेवा थालेको छ ।
सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो ।
कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।
‘गाडीको ब्याट्री राख्ने र मर्मतको काम भइरहेको छ,’ श्रेष्ले भने,’पर्सीसम्म हामी २०/२२ वटै बस निकालिसक्छौं ।’ कम्पनीसँग ४४ वटा बस छन् । तर, यात्रुको चाप कम भएकाले एकैपटक सबै सवारी निकाल्न नसकिने अध्यक्ष श्रेष्ठले बताए ।
श्रेष्ठले अन्य कम्पनीलाई पनि बस चलाउन आग्रह गरेको बताए । बस रोकिराख्दा व्यवसायीलाई थप हानी नोक्सानी हुने भएकाले तोकिएको मापदण्ड पुरा गरेर सबैले बस चलाउनुपर्ने श्रेष्ठ बताउँछन् ।
मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।
सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाएका छन् ।
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिँदै
काठमाडौं । बहुप्रतिक्षीत गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा...
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही प्रदेशमा ठूलो वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ। मनसुनको...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
खिलेन्द्र पौडेललाई आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरियो
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आइएमई लिमिटेड र जीएमइको मर्जरपछि बिदा भएका...