ताजा समाचार

अध्यक्ष प्रचण्डको कोरोना परीक्षण गरिदै

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कोरोना भाइरस परीक्षण गरिने भएको छ ।

शुक्रवार निर्वाचन क्षेत्र चितवन पुगेका अध्यक्ष प्रचण्ड काठमाडौं काठमाडौ फर्केलगतै कोरोना परीक्षण गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । उनी चितवनबाट आज फर्कने कार्यक्रम रहेको छ ।

महामारी फैलिएको क्षेत्रबाट फर्केका कारण अध्यक्ष प्रचण्डले स्वास्थ्य परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजधानी काठमाडौं फर्केलगतै प्रचण्डले प्रधानमन्त्री ओली, राष्टपति, आफ्नै दलका नेताहरुसँग नियमित भेटघाट गर्नेछन् ।

प्रचण्डले केही समयअघि कोरोनाको पीसिआर परीक्षण गरेका थिए । तर चितवनमा सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमित हुनसक्ने आशंकामा परीक्षण गर्न लागिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org