ताजा समाचार

मेलम्चीको निर्माणमा त्रुटीका कारण सुरुङ मार्ग फुट्यो, हराएका दुई कर्मचारी अझै फेला परेनन्

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका गलत तरिकाले बनाइँदा ढोका फुटेको आयोजनाका कर्मचारीले बताएका छन् ।

मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेका बेलामा हिजो दिउँसो एउटा ढोका फुट्दा पानीले बगाएर दुई जना कर्मचारी हराइरहेका छन् ।

आयोजनाको सुरुङको ढोका फुट्दा इन्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापा मगर बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी भए पनि पत्ता लाग्‍न सकेको छैन । घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनियर शेखर खनालको उपचार भइरहेको छ ।

आयोजनाका एक इन्जिनियरका अनुसार सुरुङमा गलत तरिकाले ढोका बनाइँदा घटना भएको हो । ढोका भित्रबाट खोल्ने बनाउनुपर्नेमा बाहिरबाट खोल्न मिल्ने बनाइएको र सोही कारण घटना भएको उनले दाबी गरे । “बाहिरबाट ढोका खोल्ने बताउँदा पानीको बहावका कारण ढोकाको नटमा असर पार्छ, धेरै समयसम्म पानीको चापले हानेपछि ढोका फुट्छ भनेर पहिले पनि भनेका थियौं” उनले भने, “तर हाम्रो कुरै सुनिएन ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org