ताजा समाचार

नेपालमा ११ हजार २४९ जनाले जिते कोरोना

काठमाडाैँ । बिहीबार २१३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा निर्माण गरिएका आइसोलेसनमा उपचार गराइ २१३ जना निको भएर डिस्चार्ज भएइको हुन् ।

योसहित नेपालमा कोरोना भाइरसलाई जितर घर फर्किनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ । ‘अहिलेसम्म ६४.८५ संक्रमितहरू निको भएर फर्किनु भएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

उनका अनुसार बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३५४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ५६  रहेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ९८१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेनको संख्या २३ हजार ५० छ भने ६ हजार ५६ जना आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org