खुमलटारमा सचिवालय र स्थायी समितिका नेताहरूको भेला, बादल अनुपस्थित
सहमतिको ‘हल्ला’ले माधवपक्ष सशंकित, खुमलटारमा प्रचण्डको ब्रिफिङ
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ५ जना सचिवालय सदस्य र केही स्थायी समितिका नेताहरू प्रचण्ड निबास खुमलटारमा छलफलमा जुटेका छन् ।
छलफलमा नेकपा अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरू पनि छलफलमा उपस्थित छन् । अर्का सचिवालय सदस्य रामबहादुर थापा बादललाई पनि छलफलमा बोलाइए पनि हालसम्म उपस्थित नभएको प्रचण्डको सचिवालयले जनाएको छ।
शनिबारको सचिवालयमा भएका छलफल त्यसअघि अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको छलफलमाबारेमा समीक्षा गर्न छलफलमा बसेको एक स्थायी समति सदस्यले बताए ।
शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आत्मआलोचना गरी अहिले कुनै विवाद नगर्न र जतिसक्दो छिटो महाधिवेशन गएर सबै छिनोफनो गर्ने प्रस्ताव गरेका थिए।
सचिवालय बैठक अगाडि शनिबार दिउँसो दुई अध्यक्षबीच दुई घण्टा छलफल भएको थियो । सो छलफलमा प्रचण्डले ओलीसँग कुनै कुराको लेनदेनमा सहमति गरेको आशंका अन्य नेताहरूले गरेका छन् । उनीहरूले प्रचण्डलाई ओलीले पटक–पटक धोका दिएकाले कुनै खालको सहमतिमा विश्वास नगर्न सुझाव दिएको स्रोतको भनाइ छ ।
खुमलटारमा जुटेका नेताहरूबीच यी सबै विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।
शनिबार बेलुका प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले ओलीसँग अर्का अध्यक्षको छलफल मात्रै भएको तर कुनै सहमति नभएको भन्दै गलत प्रचारबाजी नगर्न आग्रह गरेकी थिइन् ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...