ताजा समाचार

खुमलटारमा सचिवालय र स्थायी समितिका नेताहरूको भेला, बादल अनुपस्थित

सहमतिको ‘हल्ला’ले माधवपक्ष सशंकित, खुमलटारमा प्रचण्डको ब्रिफिङ

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका ५ जना सचिवालय सदस्य र केही स्थायी समितिका नेताहरू प्रचण्ड निबास खुमलटारमा छलफलमा जुटेका छन् ।

छलफलमा नेकपा अध्यक्ष प्रचण्डसहित, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी भीम रावल, रघुजी पन्त, वर्षमान पुन, जनार्दन शर्मा, गोकर्ण विष्ट, मात्रिका यावद लगायतका स्थायी समिति सदस्यहरू पनि छलफलमा उपस्थित छन् ।  अर्का सचिवालय सदस्य रामबहादुर थापा बादललाई पनि छलफलमा बोलाइए पनि हालसम्म उपस्थित नभएको प्रचण्डको सचिवालयले जनाएको छ।

शनिबारको सचिवालयमा भएका छलफल त्यसअघि अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको छलफलमाबारेमा समीक्षा गर्न छलफलमा बसेको एक स्थायी समति सदस्यले बताए ।

शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आत्मआलोचना गरी अहिले कुनै विवाद नगर्न र जतिसक्दो छिटो महाधिवेशन गएर सबै छिनोफनो गर्ने प्रस्ताव गरेका थिए।

सचिवालय बैठक अगाडि शनिबार दिउँसो  दुई अध्यक्षबीच दुई घण्टा छलफल भएको थियो । सो छलफलमा प्रचण्डले ओलीसँग कुनै कुराको लेनदेनमा सहमति गरेको आशंका अन्य नेताहरूले गरेका छन् । उनीहरूले प्रचण्डलाई ओलीले पटक–पटक धोका दिएकाले कुनै खालको सहमतिमा विश्वास नगर्न सुझाव दिएको स्रोतको भनाइ छ ।

खुमलटारमा जुटेका नेताहरूबीच यी सबै विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।

शनिबार बेलुका प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले ओलीसँग अर्का अध्यक्षको छलफल मात्रै भएको तर कुनै सहमति नभएको भन्दै गलत प्रचारबाजी नगर्न आग्रह गरेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org