ताजा समाचार

खुमलटारमा पूर्व माओवादी पक्षधर स्थायी समिति सदस्यको भेला, बादल र भट्ट अनुपस्थित

काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकटका स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा भएको भेलामा पूर्व माओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरु रहेका छन्।

गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने सहभागी छैनन्।

पूर्व माओवादीहरु छिन्नभिन्न भएको भन्दै प्रचण्डले स्थायी समिति सदस्यहरुलाई खुमलटार बोलाएका हुन्।

‘पूर्व माओवादी समुह कोही यता कोही उता जस्तो देखियो। त्यसैले अध्यक्षले सबैलाई बोलाउनु भएको हो’, श्रोतले भन्यो,’यो बेलामा एक मत होस भनेर छलफल भएको हो।’

पूर्व माओवादी निकटका कोही स्थायी समिति सदस्यहरू प्रचण्ड र माधव नेपालको गठबन्धनमा रहेका छन् भने कोही ओली र प्रचण्ड मिल्नुपर्छ भन्नेमा छन्। उद्योगमन्त्री एवं स्थायी समिति सदस्य लेख राज भट्ट भने पूर्णरूपमा ओलीको पक्षमा गइसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org