ताजा समाचार

पहिरोमा पुरिएर एकैपरिवारका तीनजनाको मृत्यु

काठमाडौं । धादिङमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

सोमबार राति त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङमा पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना खाँड र दुई वर्षीय छोरा रहेका धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाउने काम गरिरहको र राहतका लागि आफूसहितको टोली घटनास्थलतर्फ गइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

उनका अनुसार धादिङमा पर्ने पूर्वपश्चिम राजमार्गमा नौ स्थानमा पहिरो गएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org