रोनाल्डोको दुई गोल, युभेन्ट्स उपाधि नजिक
एजेन्सी । क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा सिरि ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले हराएको छ ।
युभेन्ट्सको जितमा रोनाल्डोले दुवै गोल गरे । रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । युभेन्ट्सलाई लगातार नवौं लिग उपाधि जित्न मात्र ४ अंक आवश्य देखिएको छ ।
रोनाल्डोको पेनाल्टीमार्फत युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल गरेका थिए । सिराे ईम्मोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहेन ।
रोनाल्डो र ईम्मोबिल सिरि एको सर्वाधिक गोलको दौडमा ३० गोल गर्दै अघि देखिएका छन् ।
पोर्चुगलका कप्तान रोनाल्डोले सन् २००७–८ पछि पहिलो पटक युभेन्ट्सबाट सिरि ए फुटबलमा गोल्डेन बुटका लागि दाबेदारी प्रस्तुत गरेका छन् । सन् २००७–८ को सिजन एलेसेन्ड्रो डेल पिएरोपछि पहिलो पटक रोनाल्डो क्लबबाट गोल्डेन बुटको दौडमा अघि देखिएका हुन् ।
युभेन्ट्स पछिल्लो तीन खेलमा जित निकाल्न असफल देखिएको थियो । अब युभेन्ट्सलाई लिग उचाल्न बाँकी ४ खेलमा मात्र ४ अंक आवश्यक देखिएको छ ।
रोनाल्डो सिरि ए मा ३० गोल पुरा गर्ने युभेन्ट्सका तेस्रो खेलाडी बनेका छन् । ईम्मोबिल भने ३० गोल पुरा गर्ने पाँचौ ईटालियन खेलाडी हुन् ।
रोनाल्डो सबै भन्दा छिटो ५० गोल पुरा गर्ने सिरि एकको यस शताब्दीकै पहिलो खेलाडी हुन् । उनले ६१ खेलमा सो उपलब्धी हासिल गरेका हुन् ।
शीर्ष स्थानको युभेन्ट्सको ८० अंक भएको छ । दोस्रो स्थानको ईन्टरसंग युभेन्ट्सले ८ अंकको अग्रता लिएको छ । युभेन्ट्स उपाधिकाे यात्रामा निकै नजिक देखिएकाे छ ।
चौथो स्थानको लाजियो ६९ अंक सहित च्याम्पियन्स लिग छनोटको दौडमा यथावत छ ।
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...