ताजा समाचार

टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर स्थानीय ३/३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् । घटनाको थप विवरण आउन बाँकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org