ताजा समाचार

तुइनबाट खसेर मकवानपुरमा एक जनाको मृत्यु

काठमाडाैँ । केपी ओली नेतृत्वको सरकारले देशभरबाट तुइन विस्थापित भएको बताइरहँदा हेटौंडामा मंगलबार तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

तुइनबाट खसेर मृत्यु हुनेमा हेटौंडा–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुली रहेका छन् ।

रापती र सामरी खोला दोभानमा रहेको तुइन तर्ने क्रममा उनी खसेका थिए । तुइनबाट खसेर रापती खोलाले उनलाई बगाएको थियो । हेटौंडाबाट लालझाडी जान तुइन चढेका उनी खुट्टा चिप्लिएर खसेका थिए ।

खोलाले बगाएर करिब तीन सय मिटर तल पुगेपछि उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा थप उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org