ताजा समाचार

पूर्वडीआईजी कोइरालालाई छुट दिने फैसला पुनरावलोकन हुने, सर्वोच्चले दियो अनुमति

काठमाडौं । सर्वश्वसहित जन्मकैदको फैसला घटाएर साढे ८ वर्ष मात्र कैद सजाय गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन हुने भएको छ ।

सर्वोच्च अदालतका तीनजना न्यायाधीशको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएका हुन् । न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै अनुमति दिएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा सजाय कम गर्ने फैसला गरेको थियो ।  सोही फैसलाविरुद्ध शुक्रवार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता भएको हो ।  न्याय प्रशासन ऐनको दफा ११ (२)अनुसार पुनरावलोकनको निवेदन दर्ता भएको हो ।

जिल्ला अदालतले पत्नी हत्याको मुद्दामा कोइरालालाई  सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।  सो फैसलाविरुद्ध कोइराला पुनरावेदन अदालत गएपनि जिल्ला अदालतकै फैसला सदर भएको थियो ।  त्यसपछि कोइराला सर्वोच्च अदालत पुगेका थिए । असार १५ गते सोही मुद्दामा फैसला गर्दै सर्वश्व र जन्मकैदबाट घटाएर साढे ८ वर्ष कैद गर्दा सजायको मक्सद पूरा हुने फैसला सुनाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org