काठमाडौं महाबौद्धका २ व्यवसायीमा कोरोना संक्रमण
काठमाडाैँ । काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ।
भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न सार्वजनिक सूचना जारी गरेको हो।
वडा अध्यक्ष चिनियामान बज्राचार्यद्वारा जारी सूचनामा भनिएको छ, ‘‘भारत घर भइ सिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका धिरज शाह र रञ्जु शाहमा कोरोना पोजेटिभ देखिएकाले निजसँग सम्पर्क हुने महानुभावले यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध।’’
वडा कार्यालयले गणेशमन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्य १८ हजार ६ सय १३ पुगेको छ।
सरकारले साउन ७ गतेबाट लक डाउन खोलेको छ। अहिले सार्वजनिक सवारी समेत सञ्चालनमा आएका छन्।
संक्रमणको जोखिमबीच लकडाउन खुला गरिएपछि उपत्यका लगायतका क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ।
अहिलेसम्म देशभरी ३ लाख ४२ हजार ४ सय ५७ जना पीसीआर परीक्षण भएको छ।
१३ हजार १ सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
Comments
अरु समाचार
-
काठमाडौं आईपुगे सोनु निगम
काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम...
-
पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने
काठमाडौं । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’...
-
इरानले हटायो ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध
काठमाडौं । इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण...
-
‘पत्रकारिता स्वच्छ, मर्यादित र सशक्त हुनुपर्छ’: मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वच्छ, मर्यादित र सशक्त पत्रकारिताका माध्यमबाट विकास र समृद्धिको यात्रालाई पूरा गर्न सकिने...
-
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई...
-
चक्कु प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं । प्रहरीले ललितपुर महानगरपालिका-९ च्यासलस्थित टाउन हब क्याफेमा आउने ग्राहकलाई चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा डडेलधुरा परशुराम नगरपालिका-११...
-
पूर्वमन्त्री शर्माद्वारा देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह
काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्थायित्व र देश विकासका पक्षमा कलम चलाउन सञ्चारकर्मीसंग आग्रह गरेकि छन्...
-
सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदा
काठमाडौं । बेलायतको डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड-२०२४’ प्रदान...
-
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
काठमाडौं । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले गाउँमा...