ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित हुने भएको छ ।

मंगलबारका लागी बस्ने तय भएको बैठक महासचिव विष्णु पाैडेलले सुचना टाँस गरी स्थगित गर्न लागेको स्रोतले जनाएको हो ।

सोमबार प्रचण्ड-नेपाल पक्ष स्थायी कमिटी स्दस्यहरुको रणनिती तय गर्ने भन्दै खुमलटारमा भएको छलफलले अव स्थायी कमिटि नरोक्ने र सहमती नभए बहुमतको आधारमा अघिबढ्ने निष्कर्ष निकालेको थियो । तर हिजोको भेला बामदेव अनुपस्थित रहेकोले बामदेबलाई भेट्न आज(मंगलबार) विहानै प्रचण्ड भैँसीपाटी पुगेको खुमलटार स्रोतले जनाएको छ ।

मुलुकमा बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएको र यसमा जुट्नु पर्ने भएकाले बैठक स्थगित भएको थियो । त्यस यता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवादसमेत हुन सकेको छैन ।

तर, बैठक स्थगित हुनुमा पार्टीभित्रको शक्तिसंघर्ष, शीर्ष नेतामाथि दबाब र चिनियाँ चासोलगायतका राजनीतिक कारण पनि बैठक स्थगित हुनुको कारण मानिएका छन् । १० असारबाट सुरु भएको बैठक असार १८ देखि लगातार स्थगित छ।

स्थायी कमिटी बैठक यसअघि ७ पटकसम्म स्थगित भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org