ताजा समाचार

नेकपाको विवाद सुल्झाउन बामदेवका ६ सुत्रः ५ वर्ष ओली नै प्रधानमन्त्री, अध्यक्ष महाधिवेशनसम्म

काठमाडाैँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे सहमतिको प्रस्ताव पेश गरेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पेश गरेको ६ बुँदे प्रस्ताव मंगलवार सार्वजनिक गर्दै गौतमले अहिले ओलीको राजीनामा माग गर्न नहुने  प्रतिनिधि सभाको बाँकी कार्यकाल केपी शर्मा ओली नै प्रधानमन्त्री रहने र एकता महाधिवेशन नहुञ्जेल अध्यक्षमा पनि उनी कायम रहने गरी सहमतिको प्रस्तावमा उल्लेख गरेका हुन् ।

‘प्रधानमन्त्रीका दैनन्दिनका कामहरूमा पार्टीले हस्तक्षेप नगर्ने । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने,’ गौतमको प्रस्तावमा उल्लेख छ ।

गौतमले पार्टीको महाधिवेशन नहुञ्जेल प्रचण्डलाई पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रहने प्रस्ताव गरेका छन् । गौतमको यो प्रस्तावपछि नेकपाभित्र नयाँ तरंग उत्पन्न भएको छ ।

गौतम यसअघि प्रचण्ड-माधवकुमार नेपाल समूहमा रहेको विश्वास गरिएको थियो । उपाध्यक्ष गौतमले पार्टी सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद्को पुनर्गठन गर्न पनि प्रस्ताव गरेका छन् । पार्टी बैठकहरू पनि पार्टी केन्द्रीय कार्यालयमै बस्नुपर्ने उनको प्रस्ताव छ ।​

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org