ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक सुरु, बहुमत सदस्य सहभागी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ।

अध्यक्ष केपी ओली पक्षले एकलौटी स्थगित गरे पनि अर्को पक्षले बैठक बस्ने निर्णय गरेको हो। बैठकमा बहुमत सदस्य सहभागी भएको जानकारी प्राप्त भएको छ।

आजको लागि बोलाइएको बैठक बस्ने समयभन्दा केही अघि बैठक स्थगित भएको सूचना सार्वजनिक भएको थियो। प्रचण्ड र माधव नेपाल पक्षले केपी ओलीले एकलौटी बैठक स्थित गरेको भन्दै आफूहरु बैठक बसेरै छाड्ने बताएका थिए।

ओली पक्षका कतिपय नेताहरु बालुवाटारभित्रै भए पनि बैठकमा भने सहभागी छन् वा छैनन् भन्ने बारे जानकारी प्राप्त हुन सकेको छैन।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो। गत असार १० गतेदेखि सुरु भएको बैठक पटकपटक स्थगित हुँदै आएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org