ताजा समाचार

कालिकोटमा पहिरोले दुई घर पुर्‍यो, ८ जना बेपत्ता

काठमाडौं ।  कालिकोटमा मंगलबार राति बाढी र पहिरोमा परेर आठ जना बेपत्ता भएका छन्।

नरहरीनाथ गाउँपालिका वडा नं ७ मा पहिरोले घर पुरेपछि एकै घरका छ जना बेपत्ता भएका छन। स्थानीय गंगे बुढाको घर पुरिँदा उनीलगायत छ जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकृत यक्षराज जोशीका अनुसार गंगे बुढाका ११ जना परिवार मध्य ६ जना पुरिएको बताए। बाढीको भल घरमा पसेपछि घर भत्किएको हो।

घर भित्र पुरिनेमा घरमुली गंगे बुढा, उनकी श्रीमती नैना बुढा, बुहारी कुसा बुढा, नातिनी चन्द्रिका बुढा, उनका दुई नाति राम बुढा र चरित्र बुढा रहेका छन।  बुढाकी छोरी बिमला बुढा घाइते भएकी छन्। यसै गरी गंगेका चार जना परिवारले भने भागेर ज्यान जोगाएका छन। त्यस्तै नरहरिनाथ गाउँपालिका वडा नं ४ का बले बुढाको पनि घर भत्किएको छ।

बुढाको घर भत्किँदा श्रीमान श्रीमती घर भित्रै पुरिएका छन। घर भत्किँदा बलेसहित उनकी श्रीमती मना बुढा बेपत्ता छन्।   यस अघि शनिबार राति खुलालुमा आएको पहिरोमा नरहरिनाथ गाउँपालिका बडा नं ८ का वर्ष १६ का पारस भण्डार पुरिएर बेपत्ता भएका थिए।

यस्तै बाढीले बगाँउदा तिलागुफा नगरपालिका जाँदै गरेकी खाँडाचक्र नगरपालिका वडा नं ५ की अविसरा शाही बेपत्ता भएकी छन्।  यस अघि सोमवार रातिको वर्षाले रास्कोट नगरपालिका वडा नं १ का एकै घरका पाँच सहित छ जना बेपत्ता भएका थिए, भने तीन जना घाइते भएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org