कालिकोटमा पहिरोले दुई घर पुर्यो, ८ जना बेपत्ता
काठमाडौं । कालिकोटमा मंगलबार राति बाढी र पहिरोमा परेर आठ जना बेपत्ता भएका छन्।
नरहरीनाथ गाउँपालिका वडा नं ७ मा पहिरोले घर पुरेपछि एकै घरका छ जना बेपत्ता भएका छन। स्थानीय गंगे बुढाको घर पुरिँदा उनीलगायत छ जना घरभित्रै पुरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकृत यक्षराज जोशीका अनुसार गंगे बुढाका ११ जना परिवार मध्य ६ जना पुरिएको बताए। बाढीको भल घरमा पसेपछि घर भत्किएको हो।
घर भित्र पुरिनेमा घरमुली गंगे बुढा, उनकी श्रीमती नैना बुढा, बुहारी कुसा बुढा, नातिनी चन्द्रिका बुढा, उनका दुई नाति राम बुढा र चरित्र बुढा रहेका छन। बुढाकी छोरी बिमला बुढा घाइते भएकी छन्। यसै गरी गंगेका चार जना परिवारले भने भागेर ज्यान जोगाएका छन। त्यस्तै नरहरिनाथ गाउँपालिका वडा नं ४ का बले बुढाको पनि घर भत्किएको छ।
बुढाको घर भत्किँदा श्रीमान श्रीमती घर भित्रै पुरिएका छन। घर भत्किँदा बलेसहित उनकी श्रीमती मना बुढा बेपत्ता छन्। यस अघि शनिबार राति खुलालुमा आएको पहिरोमा नरहरिनाथ गाउँपालिका बडा नं ८ का वर्ष १६ का पारस भण्डार पुरिएर बेपत्ता भएका थिए।
यस्तै बाढीले बगाँउदा तिलागुफा नगरपालिका जाँदै गरेकी खाँडाचक्र नगरपालिका वडा नं ५ की अविसरा शाही बेपत्ता भएकी छन्। यस अघि सोमवार रातिको वर्षाले रास्कोट नगरपालिका वडा नं १ का एकै घरका पाँच सहित छ जना बेपत्ता भएका थिए, भने तीन जना घाइते भएका थिए।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...