कांग्रेसमा अन्तर कलहः नवप्रवेशीलाई मनपरी सदस्यता बाँडेको पौडेलको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया सुरु भएसँगै असन्तुष्टि देखा पर्न थालेका छन्।
आसन्न महाधिवेशन प्रभावित पार्ने गरी विभाग गठन, विस्तारका साथै पार्टीमा नवप्रवेशीलाई विधानविपरीत आफूखुसी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाएको हो।
पौडेल समूह निकट केन्द्रीय सदस्यको बुधबार पार्टी मुख्यालय सानेपामा बसेको भेलाले विभागलाई पूर्णता दिने काम रोक्न र क्रियाशील सदस्यता वितरणलाई पारदर्शी बनाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। पौडेल समूह निकट केन्द्रीय सदस्य जीवन परियारले देउवालाई बिहीबार लिखित ध्यानाकर्षण गराउने जानकारी दिए। ‘महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ। पार्टी महाधिवेशनमा केन्द्रित हुनुपर्ने बेला विधानको व्यवस्था विपरीत विभाग गठनको कुनै औचित्य छैन। यसको काम पनि छैन,’ उनले भने, तर सभापतिज्यूले विभाग विस्तारलाई जोड दिनुभएको छ। यसबारे सभापतिलाई भेटेरै लिखित ध्यानाकर्षण गराउने कुरा भएको छ।’
पौडेल समूहको अर्काे असन्तुष्टि क्रियाशील सदस्यता वितरणमा छ। दुई वर्षअघि संघीय निर्वाचनअघि विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी समायोजनदेखि विभिन्न समयमा कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई मनोमानी रूपमा क्रियाशील सदस्यता वितरण गरेको सो समूहको आरोप छ। उनीहरूले राप्रपा परित्याग गरी मंगलबार कांग्रेस प्रवेश गरेका सुनीलकुमार थापासहितका नेताहरूको विषयलाई समेत महाधिवेशनसँग जोडेका छन्। ‘विधानमा अरू पार्टीबाट प्रवेश गराउने निश्चित व्यवस्था छ। उनीहरूलाई पनि क्रियाशील सदस्यता दिने प्रावधान पनि प्रष्ट छ,’ केन्द्रीय सदस्य परियारले भने, पार्टी प्रवेश गर्नेहरूलाई हामी स्वागत गर्दछौं। यसमा हाम्रो कुनै असहमति छैन यो खुसीको कुरा हो। तर क्रियाशील सदस्यता वितरण विधानको पालना नगरेर तल्लो तहमा नयाँ पार्टीबाट आएकाहरूलाई आफूखुसी सदस्यता बाँड्ने काम भएको छ।’
पार्टी विधानमा स्थानीय निकायको सिफारिसका आधारमा मात्रै क्रियाशील सदस्यता वितरण गर्ने प्रावधान रहे पनि संस्थापन पक्षले केन्द्रबाटै व्यक्तिपिच्छे सदस्यता दिने गरेको पौडेल समूहको आरोप छ। राप्रपा परित्याग गरेका थापासहितका नेताको कांग्रेस प्रवेशको विषयमा पनि वरिष्ठ नेता पौडेलले पार्टीको पदाधिकारी बैठकमै असहमति जनाएका थिए। ‘महाधिवेशनका बेलामा किन अरू पार्टीबाट मान्छेहरू ल्याउनुपर्यो ? आफ्नै पार्टीभित्रका नेता कार्यकर्तालाई व्यवस्थापन गर्न सकिएको छैन,’ उनले भनेका थिए।
सभापति देउवाले फागुन दोस्रो करिब २० विभाग गठन गरेका थिए। फागुन १९ गते चारवर्षे औपचारिक कार्यकाल सकिन केही दिनअघि देउवाले विभाग संयोजक मात्रको जिम्मेवारी दिएका थिए। विभाग गठनप्रति सुरुदेखि नै पौडेल समूह असन्तुष्ट थियो। तर, पछिल्लो समय देउवाले विभाग विस्तारलाई तीव्रता दिएपछि उनीहरू थप चिढिएका हुन्। देउवा महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन र विस्तार गर्न सक्रिय रहेका पौडेल समूहको आरोप छ। केही समय अघि मात्रै नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको केन्द्रीय निर्वाचन समितिमा लिखित उजुरी नै दिएका थिए।
Comments
अरु समाचार
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...