ताजा समाचार

जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु

काठमाडाैँ । वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ।

गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुषको बिहीबार राति ११ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरेका हुन्।

उनी , वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत ) हुन्।  मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई कोभिड अस्पतालको आसीयूमा राखिएको थियो।  तर बिहीबार दिउँसो अवस्था झन जटील भएपछि उनलाई भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका बिहीबार राति साढे ११ बजे मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर निरज सिंहले जानकारी दिए।

वीरगन्जमै बिहीबार नै कोरोना संक्रमित अरु २ जनाको पनि मृत्यु भएको थियो। बिहीबार एकै दिन ३ जना संक्रमितको मृत्यु भएसँगै वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org