ताजा समाचार

स्वयम्भूमा सार्वजनिक बस पल्टियो, चालकको मृत्यु

काठमाडाैँ । स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु भएको छ।

बिहीबार राति पौने १२ बजे बा ५९८४ नम्बरको बस ठुलोभर्‍याङ र हलचोक बीचमा उक्त दुर्घटना भएको हो।

चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। चालकको पहिचान खुल्न सकेको छैन।

बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा दुर्घटना भएको अनुमान गरिएको छ।

उनको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org