ताजा समाचार

प्रधानमन्त्री ओलीले आज विज्ञसँग छलफल गर्दै

काठमाडौं । लकडाउन खुलेसँगै कोरोना संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्न लागेका छन्।

पुनः लकडाउन गर्ने वा अन्य कुनै उपायहरु अपनाएर कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बिहान ११ बजे २० जनाभन्दा बढी जनस्वास्थ्यविद्लाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

केही दिनयता समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि पुनः लकडाउन गर्ने वा जोरबिजोर प्रणाली अपनाउने भन्ने विषयमा सरकारीस्तरमा छलफल समेत सुरु भएको छ।  हिजो मात्र देशभर ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमितको कुल संख्या २० हजार ७५० पुगिसकेको छ भने उपत्यकाका ३ जिल्लामा संक्रमितको संख्या ६ सय ६५ पुगेको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ४ सय ९३, ललितपुरमा १ सय ८ र भक्तपुरमा ६४ जनामा कोरोना पुष्टि भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org